इलाम।
इलामको महमाई-९ स्थित महमाई खोलामा खसेर सोमबार एक बृद्धाको मृत्यु भएको छ।

इलाम सिद्दिथुम्का-४ बस्ने अन्दाजी ७० बर्षिय जितमान लामगाजेको सोमबार साँझ पुल तर्नेक्रममा पुलबाट तल खस्दा खोलामा डुबेर मृत्यु भएको हो।

जितमान दानाबारी बजारबाट घरतर्फ फर्कनेक्रममा साँझ ५ बजे पुलबाट खसेका थिए। घटनास्थलमा प्रहरी चौकी दानाबारीबाट टोली खटिगई उनको शव फेला पारेको हो।
Views: 177

