भारत,
भारतको दिल्लीमा आयोजना भएको एक व्यापारिक मेलामा अनौठो सामग्री राखिएको थियो ।
हामीले चायाँ कम गर्न विभिन्न आयुर्वेदिक औषधीका साथै स्याम्पु समेत प्रयोग गर्ने गर्दथ्यौं । तर, अचम्मको कुरा के भने सो मेलाको एक पवेलियनमा एन्टी डयान्ड्रफ सहितको सुविधा भएको काइँयो राखिएको थियो ।
सो काइँयो काठबाट बनेको, निमको विशेषता र एन्टी फंगलको गुण भएकाले चायाँ हटाउनुका साथै टाउँको चिलाउने समस्याको समाधान हुने विशेषता रहेको छ । यो काइँयो प्रयोग गर्ने प्रयोगकर्ताले कपाल झर्ने र चायाँको समस्या कम भएको बताएका छन् ।
प्लाष्टिकको काइँयोले कपाललाई कमजोर बनाउनुका साथै झर्ने समेत समस्या निम्त्याउने गरेको उपभोक्ताको बुझाई छ । एजेन्सी
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 237