विर्तामोड,
द राइजिङ्ग यूथ नेपाल विर्तामोडले झापाको सताक्षि धाममा रहेको ८ जना साधुसन्तहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
गएको दिपावलीमा सामुहिक रुपमा खेलिएको देउसी भैलोबाट प्राप्तभएको रकमले धाम रहेका ८ जना साधुसन्तहरुलाई म्याट, कम्मल, सुइटर, गल्थन, टोपी लगायतका लत्ताकपडा हरु वितरण गरिएको यूथ नेपालका संयोजक पुष्प बास्कोटाले जानकरी दिनुभयो ।
उक्त सामाग्रीहरु गौ गोलक गोर्बधन गौशालाका संस्थापक संरक्षक नन्दकिशोर भारद्धाज, धार्मिक तथा पर्यटकिय सताक्ष्ँीधाम विकाश समितिका अध्यक्ष प्रसाद सुब्बा, नेपाली कांग्रेस शिवसताक्षिका नगर सभापति पर्शुराम ढुगांना लागयत वितरण गर्नु भएको थियो ।
समाजिक संजाल फेसबुक मार्फत जुटेका युवाहरुको समुहबाट निर्माण भएको द राइजिङ्ग यूथ नेपालले यसअघि पनि यस्ता कार्यहरु गर्दैैैआएको बोस्कोटाले जानकारी दिनुभयो ।
उक्त अवसरमा गौ शालाका संरक्षक नन्द किशोर भारद्धाजले स्वत स्फुर्त रुपमा युवाहरुले शुरु गरेको अभियान अतिनै उलेख्य रहेकाले यसलाई भविष्यमा समेत निरन्तरता दिन आग्रह गर्नुभयो ।