Aamsanchar

सहारा सुरुंगा गोल्डकपमा व्यवस्थित प्याराफिटको कारण दर्शक हर्सित

Author Image
मङ्गलवार, मंसिर ७, २०७३

 झापाको सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगितामा सीएमजी सङ्कटा क्लबलाई लक्ष्मी हुण्डाईं मनाङ् मस्र्याङ्दीले हराएको छ । र अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
मंगलबार कनकाई माविको खेल मैदानमा भएको खेलमा १–० गोल अन्तरले सङ्कटालाई मनाङ् मस्र्याङ्दीले हराएको हो । दोस्रो हाफको ७औं मिनेटमा मनाङ् मस्र्याङ्दीका तर्फबाट ओलावालेले गरेको गोल नै निर्णायक बन्यो ।
निक्कै प्रतिष्पर्धात्मक बनेको खेलमा उत्कृष्ट प्रर्दशन गरेका मनाङ् मस्र्याङ्दीका हेमन गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले मेची मोबायलको तर्फबाट १६ हजार रुपैयाँ बराबरको मोबायल पाए ।
सेमिफाइनल अन्तरगतको पहिलो खेल बुधबार विभागिय टिमद्वय नेपाल पुलिस क्लब र एपीएफ बीच हुने आयोजक सुरुङ्गा जेसीजले बताए छ ।

 विगतका बर्षहरुमा पनि व्यवस्थित रुपमा खेल सम्पन्न गराएर  पूर्वाञ्चलमै चर्चा पाउन सफल सुरुंगा लोल्डकप यस बर्ष सहारा नेपाल बचत तथा ऋण सहकारीको मुख्य प्रायोजनमा आयोजित सहारा सुरुंगा गोल्डकप अझ व्यवस्थितका साथ संचालन भईरहेको छ । दर्शकको सुविधालाई मध्य नजर गरेर यस बर्ष बनाईएको  प्याराफिट खेलमैदानको आर्कषर्ण बनेको छ । दर्शकले पनि आरामदायी रुपमा खेलको मज्जा लिईरहेका छन ।
1

2

3

4

5

6

7

8

फोटो : विनोद पाण्डे/आमसंचार

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर