सोलुखुम्बु,
सोलुखुम्बुको देउसा-५ मा मंगलबार रुखले किचेर आमाको मृत्यु भएको छ भने उनकै छोरी घाइते भएकी छिन्।

स्थानिय जितमाया राइको बारीमा रहेको सल्लोको रुख सोही ठाउँका नरनाथ राई र सुभराम राईले काट्ने क्रममा रुख ढलेर अचानक बाटोमा हिड्दै गरेकी देउसा ७ बस्ने १७ बर्षिया ससिकला राईलाई किचेको हो।

दिउँसो १२;३० बजेतिर ४ महिनाकी छोरी दिक्षा राइलाई अस्पताल लिएर जाने क्रममा उनलाई उक्त रूखले किचेको स्थानियले बताए। घाइते बालिकाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने रुख काट्ने दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नियन्त्रणम लिइएको छ।
Views: 212

