Aamsanchar

आगालागीमा परी मृत्यु

Author Image
बुधवार, मंसिर ८, २०७३

सोलुखुम्बु।aago

सोलुखुम्बुको  देउसा-७ मा मंगलबार एक घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा देउसा-७ बस्ने ४० बर्षिया अस्मिता राई रहेकी छिन।   भान्साकोठाबाट अचानक सल्किएको आगोले घर भित्र भएकी राईको जलेर घटना स्थलमै मृत्यु भएको बताइएको छ।

आगालगी स्थानिय प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

त्यस्तै सिरहाको लहान-७ स्थित किशन सारडाको सुनचाँदी पसलमा ग्याँस सिलिण्डर पड्किएर आगलागी हुँदा सोही पसलमा काम गर्ने बिशाल सरकर, भुपेन विश्कर्मा र   रवि विश्वकर्मा घाइते भएका छन्। घाइते तीनै जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ।

Views: 150

प्रतिक्रिया (०)