Aamsanchar

अष्ट्रेलियामा शनिबारबाट नेपाल महोत्सव, उदघाटन गर्न परराष्ट्रमन्त्री महत बुधवारै पुगे

Author Image
बुधवार, मंसिर ८, २०७३

dinesh pसिड्नी ।

आगामी शनिवार सिड्नीमा हुने नेपाल महोत्सव उदघाटन गर्न नेपालका परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत बुधवार साँझ अष्ट्रेलिया आइपुगेका छन् ।

उनलाई सिड्नी अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपाली दूतावास क्यानबेराका कार्यवाहक राजदूत राजेन्द्र पाण्डे, न्यु साउथवेल्सकालागि नेपाली महावाणिज्य दूत दिपक खड्का, महोत्सव आयोजक समितिका संयोजक दिनेश पोखरेल, गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका प्रवक्ता रञ्जु थापा लगायत सिड्नीमा भएका नेपाली समुदायका नेताहरुले स्वागत गरेका थिए ।

मन्त्री महत बुधवार साँझ राजधानी क्यानबेरा गएका छन् । उनको बिहीबार क्यानबेरामा कुटनीतिक भेटघाटहरु तय भएको नेपाली दूतावास क्यानबेराले अनलाइनखबरलाई जानकारी दियो ।

उनको प्रमुख प्रतिपक्षी दल अष्ट्रेलियन लेबर पार्टीका नेता बिल सोर्टेन तथा अष्ट्रेलियाका परराष्ट्रमन्त्री जुली बिसवसँग भेटघाट तय भएको छ । परराष्ट्रमन्त्री महतले अष्ट्रेलियन नेताहरुसँग नेपाल र अष्ट्रेलियाको दुईपक्षीय हितबारे कुराकानी हुने जानकारी दिए ।अनलाइन

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर