Aamsanchar

फाईनलमा रुपन्देही ११ र शसस्त्र प्रहरी एपीएफ बीच प्रतिष्पर्धा हुने

Author Image
बिहिवार, मंसिर ९, २०७३

सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शसस्त्र प्रहरीको एपीएफ र रुपन्देही–११ बीच प्रतिष्पर्धा हुने भएको छ । विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा रुपन्देहीले मनाङ मस्र्याङ्दी क्लबलाई हराएसँगै फाइनलमा एपीएफ र रुपन्देही भिड्ने पक्का भएको हो ।

विहीबार रुपन्देहीले मनाङलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हरायो । मनाङका सुजल श्रेष्ठ र निराजन मल्लले गोल गर्न सकेनन् । रुपन्देहीका विजय धिमालको प्रहार पोष्टबाट बाहिरिएको थियो । रुपन्देहीका विक्रम लामा, रजिन धिमाल, विमल घर्ती मगर र दिलिप क्षेत्रीको प्रहार गोलमा परिणत भएको थियो भने मनाङका अनिल गुरुङ, हेमन गुरुङ र किरन चेम्जुङले गोल गरे ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका रुपन्देहीका विक्रम लामा म्यान अफ द म्याच घोषित भए । उनलाई स्टार टेक प्रा.लि. का विनम्र दाहालले १५ हजार रुपैयाँ बराबरको एन्ड्रोइड फोन प्रदान गरे ।  सहारा सुरुङ्गा गोल्डकप अन्तरगतको फाइनल खेल शनिबार कनकाई माविको खेलमैदानमा १ बजेदेखि हुँदैछ । 1

2

3

4

5

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर