Aamsanchar

जसले बिहे पूर्व नै सेक्स गरे , अहिले यसो भन्छन् ती बलिउड कलाकार

Author Image
शुक्रवार, मंसिर १०, २०७३

हरेक मुद्दामा बलिउड स्टार आफ्नो धारणा प्रस्तुत गर्नका लागि सबैभन्दा अगाडि छन् । कति पटक त उनीहरुको बयानले मानिसहरुलाई प्रेरणा पनि दिने गर्दछ । समाजमा यस्तो थुप्रै मुद्दा छन् जसमा मानिसहरु आ–आफ्नो धारणा राख्ने गर्दछन् । यीमध्ये एक मुद्दा यस्तो पनि छ जसबारे मानिसहरु चुप बस्न नै मनपराउँछन् । त्यसकारण सेलिब्रिटी पनि यसबारे आफ्नो धारणा राख्नुपहिले धेरै पटक सोच्ने गर्दछन् । तर कसैले पनि निष्फिक्रि आफ्नो धारणा राख्ने गर्दछन् । यो मुद्दा हो, ‘विवाहपूर्वको यौन सम्बन्ध’ । आउनुहोस्, यसबारे बलिउड सेलिब्रिटीको धारणा कस्तो छ जानकारी लिऔं ।

deepika-padukone_1दीपिका पादुकोणः
विवाहपूर्वको यौन सम्बन्ध मेरो छनोटमा निर्भर हुन्छ । दीपिकाले एक अन्तर्वार्तामा कुराकानीको क्रममा भनेकी थिइन् कि विवाहपूर्वको यौन सम्बन्ध कुनै पनि व्यक्तिको व्यक्तिगत छनोट हो । मानिसहरुले यौन सम्बन्ध विवाह पूर्व राखुन् वा विवाह पछि यो उनीहरु बिचको आपसी समझदारीको कुरा हो । यो मुद्दामा महिला पुरुषको समझदारीले विशेष महत्व राखेको हुन्छ । दुबैको सहमतिमा बनेको सम्बन्ध गलत हुनै सक्दैन ।

ranbeer-singh_2रणबीर सिंहः
एक अन्तर्वार्तामा रणबीरले भनेका थिए कि सेक्स निकै राम्रो र प्राकृतिक कुरा हो । यो जीवनको एउटा यस्तो अभिन्न अंग हो जसबाट कोही पनि भाग्न सक्दैन । यदि मैले विवाहपूर्वको यौनसम्बन्धलाई गलत बताएँ भने यसको अर्थ यो हुन्छ कि यो खराब हुन्छ । मेरो नजरमा यसमा सावधान हुनुपर्ने केही कुरा छैन ।

sunny-leone_सन्नी लियोनः
हुन त बलिउडमा आउनुपूर्व सन्नी लियोन त्यो व्यवसायमा संलग्न थिइन् जसबारे सबैजना जानकार छन् । यस्तो अवस्थामा सन्नीलाई विवाहपूर्वको यौन सम्बन्धको कुराले केही महत्व राख्दैन । उनको उत्तर पनि यस्तै थियो । सन्नीले एडल्ट फिल्मको उदाहरण दिँदै विवाह पूर्वको सम्बन्धमा भनेकी थिइन्, ‘यदि म अरु मानिसहरुले के सोच्लान्, मलाई के भन्लान् भन्ने सोचेको भए, म त्यो ठाउँमा कहिले पनि पुग्दिनथें र अहिले यो उचाईं हाँसिल गर्दिनथें ।’

abhay-deol_4अभय देओलः
विवाह पूर्वको यौनसम्बन्धको प्रश्नमा अभय देओलले भनको थिए, ‘म सेक्सको विषयमा हाम्रो समूदायको सनकले चकित भएको छु । म यसमा रमाउँछु, मलाई यसको आवश्यकता पर्छ र यसलाई पाउनको लागि कोशिस गर्छु । म मेरो यो वास्तविकतालाई लुकाउँदिन, यसलाई स्विकार गर्दा मलाई लज्जा महसुस हुँदैन ।’

radhika-apte_5राधिका आप्टेः
अभिनेत्री राधिका आप्टे पछिल्लो दिन फिल्म पार्च्डमा आफ्नो इन्टिमेट सीनका कारण निकै चर्चामा रहेकी छिन् । पक्कै पनि उनी एक बिन्दास, बोल्ड अभिनेत्री हुन् । विवाहभन्दा पहिलेको यौनसम्बन्धमा राधिका आप्टेले आजकाल सेक्स बेचिने कुरामा परिवर्तन भइरहेको प्रति आफू असन्तुष्ट भएको बताइन् ।

kalki_6कल्की कोचलिनः
विवाह पूर्वको यौन सम्बन्धमा कल्कीले भनिन्, ‘मैले आफूसँग यौनसम्बन्ध बनाउनको लागि अनुमती म ९ वर्षको हुँदा नै दिएकी थिएँ तर त्यतिबेला मलाई सेक्सको विषयमा केही पनि थाहा थिएन । यो कुरा मैले मेरो आमासँग लुकाउनु पर्छ भन्ने डर मात्र थियो ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर