Aamsanchar

भारतलार्इ पाकिस्‍तानी सेनाको चेतावनी

Author Image
शुक्रवार, मंसिर १०, २०७३

इस्‍लामाबादः

pakistan_army-58379bbb17d6c3.70997248

पाकिस्तानले जम्‍मु कश्‍मीर सिमानामा भारतले गोलाबारी गरी अशान्ति मच्चाएको भन्दै यस्तो सह्य नहुने बताएको छ । पाकिस्तानी वायु सेनाका प्रमुखले भारतले कश्‍मीर विवादलाई लिएर युद्ध गर्न खोजेको पनि आरोप लगाएका छन् ।

भारतका यस गतिविधि उसैका लागि पनि उचित नहुने उनको भनाइ थियो । आफ्ना तीनजना सैनिक मारिएपछि पाकिस्तानको यस्तो चेतावनी आएको हो । बुधबार भारतीय सेनाले गरेको कारबाहीमा उनीहरू मारिएका थिए ।

भारतले एकतर्फी रूपमा पाकिस्तानी सीमामा आक्रमण गरेको भन्दै वायु सेनाका प्रमुख सुहेल अमनले बिहीबार अब आफूहरू चुप लागेर बस्न नसकिने बताए । बुधबारको आक्रमणमा पाकिस्तान प्रशासित कश्मीरमा बसमा यात्रा गरिरहेका १२ जना सर्वसाधारण पनि मारिएका थिए । अमनले भने, ‘यदि भारतले आफूलाई नियन्त्रणमा राख्छ भने ठिकै छ ।

अन्यथा दिल्लीमाथि संकट मडारिनेछ । दिल्लीलाई कसरी तह लगाउनुपर्छ भन्ने कुरा पाकिस्तानी सेनालाई राम्ररी थाहा छ ।’ भारतको आक्रमणलाई लिएर पाकिस्तानलाई कुनै डर पनि नभएको उनले बताए । भारतलाई संयमित हुन पनि उनले आग्रह गरे ।

कश्‍मीर विवाद सुल्झाउनु दुवै देशको हितमा भएको भारतले पनि बुझ्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘पाकिस्तानले युद्ध चाहँदैन । पाकिस्तानी सेनाको संयमतालाई कमजोरी कसैले पनि नठानोस् ।’यदि कसैले पाकिस्तानमा अतिक्रमण गर्न खोजे आफ्नो सेनाले उचित जवाफ दिने उनले स्पष्ट पारे ।

पाकिस्‍तानी वायु सेना प्रमुख अमनले उरी घटनापछि भारतले लगातार सीमाक्षेत्रमा गडबडी गर्न खोजेको बताए । भारतबाट भइरहेका अवाञ्छित गतिविधिलाई मद्देनजर गरी पाकिस्तानी सेनाले युद्धसम्बन्धी तयारी पनि गरिरहेको उनले खुलासा गरे । कश्मीरको उरीमा आतंकवादी आक्रमणमा १९ जना भारतीय सैनिक मारिएका थिए । उक्त आक्रमण पाकिस्तानले गराएको भारतीय आरोप छ ।अन्न्पूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर