Aamsanchar

तेह्रथुमलाई घरभित्रको धुँवामुक्त जिल्ला बनाउने अभियान तीव्र

Author Image
शुक्रवार, मंसिर १०, २०७३

तेह्रथुम।

sudhariyeko-chulo

तेह्रथुमलाई घरभित्रको धुँवामुक्त जिल्ला बनाउने अभियान तीव्ररुपमा अघि बढेको छ ।

सन् २०१७ सम्ममा जिल्लालाई धुँवामुक्त बनाउने अभियानअन्तर्गत हालसम्म ११ हजार ४ सय ५३ वटा धुँवारहित सुधारिएको चुल्हो निर्माण भएका छन् ।

जिल्लामा २२ हजार ९४ घरधुरी रहेका छन् । बाँकी घरमा पनि चाँडै सुधारिएको चुल्हो निर्माण गरिने सुधारिएको चुल्हो निर्माण कार्यक्रमका सुपरभाइजर सोमनाथ ढकालले जानकारी दिए ।

अभियानकै क्रममा दुई नगरपालिकासहित २१ गाविस रहेको तेह्रथुमका म्याङलुङ नगरपालिकामा पर्ने साविक साब्ला, पिप्ले, जिरिखिम्ती र आम्बुङ गाविस घरभित्रको धुँवारहित गाविस घोषणा भइसकेका छन् ।

जिल्लामा तीन वर्ष यता वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रअन्तर्गतको नाम्सालिङ विकास केन्द्रको सहयोगमा जिल्ला सेवा केन्द्रको रुपमा देउराली सोसाइटीले चुलो निर्माणका लागि सहजिकरण गर्दै आएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर