Aamsanchar

झापामा चार जना शवको फेला

Author Image
शुक्रवार, मंसिर १०, २०७३

दमक ।l-news880536638

झापाका छुट्टाछुट्टै स्थानमा आज चार शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक, तोपगाछी र गौरादहमा दुई महिलासहित ती शव फेला परेको हो । तीन दिनदेखि बेपत्ता दमक–४ का मनकुमार कार्की आज दिउँसो दमकस्थित भालुखोलाका कल्र्भटमुनि पानीमा डुबेर घाँटी बाँधिएको अवस्था मृत फेला परेका हुन् । त्यसैगरी तोपगाछी– ५ की रोजिना राईको आफ्नै घरमा झुन्डिएको अवस्थामा शव फेला परेको छ ।

आजै गौरादह–४ क डिकमाया सुब्बा आफ्नै घरमा मृत फेला परेकी छन् । दमकको भुटानी शरणार्थी शिविर बेलडाँगी–२ छाप्रो नं १० का पदम गजमेर पनि मृत फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर