Aamsanchar

झापा, मोरङ र सुनसरीबारे जनप्रतिनिधिले निर्णय गर्नुपर्ने

Author Image
शुक्रवार, मंसिर १०, २०७३

उर्लाबारी  ।

ishwor_pokharel_1468740990

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले वर्तमान सरकार संविधान संशोधनका नाममा निर्वाचन नगराउने षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको छ ।

कोसीहरँैचामा आज अखिल नेपाल महिला सङ्घको छैटौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता पोखरेलले एमालेलाई राष्ट्रिय स्वाभिमानमाथि आँच आउने काम कदापि स्वीकार्य छैन भन्नुभयो । अङ्गीकृत नागरिकलाई राज्यका प्रमुख पदमा पुग्ने व्यवस्था एमालेलाई स्वीकार्य नहुने बताउँदै उहाँले झापा, मोरङ र सुनसरी कहाँ रहने भन्ने विषयमा जनप्रतिनिधिले निर्णय गर्नुपर्छ भन्नुभयो ।

अधिवेशनलाई सम्बोधन गर्दै एमालेका सचिव भीमप्रसाद आचार्यले संविधान जारी गर्ने र यसको कार्यान्वयनका पक्षमा एमालेले नेतृत्वदायी भूमिका खेलेकै कारणले अहिले चौतर्फी आक्रमण र एक्ल्याउने काम भइरहेको विचार व्यक्त गर्नुभयो ।

एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डितले आफ्नो पार्टी कुनै पनि छिमेकीको आदेश मान्न तयार नरहेको बताउनुभयो । नेपालको संविधानले भारत, अमेरिका, जापानको भन्दा पनि धेरै अधिकार जनतालाई दिएको बताउँदै उहाँले एमालेले यसको कार्यान्वयन गराएरै छाड्ने अठोट व्यक्त गर्नुभयो ।

एमालेका नेता शेरधन राईले नयाँ संविधानमा स्थानीय तहमा ४० प्रतिशत महिला सुनिश्चिततादेखि आदिवासी, मधेसी, दलित सबैको अधिकार समेटिएको स्पष्ट गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर