Aamsanchar

फास्ट ट्रयाकले सेमिनार गर्ने

Author Image
शुक्रवार, मंसिर १०, २०७३

बिर्तामोड ।

उच्च शिक्षा अध्ययन गर्न जापान जान चाहने विद्यार्थीलाई उचित शैक्षिक परामर्श दिँदै आएको बिर्तामोडस्थित फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीले अन्य देशका लागि पनि सेवा सुरु गरेको छ । फास्ट ट्रयाकले जापानसहित अष्ट्रेलिया, युएसए र न्यूजिल्याण्डका लागि परामर्श सेवा सुरु गरेको हो ।
यसै अवसरमा न्युजिल्याण्डमा पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरी आउँदो सोमबार निःशुल्क सेमिनार गर्न लागिएको फास्ट ट्रयाकका बिर्तामोड शाखा प्रमुख राजकुमार कार्कीले जानकारी दिए । फास्ट ट्रयाकको बिर्तामोड कार्यालयले न्यूजिल्याण्डका लागि सेमिनार आयोजना गरेको यो पहिलो पटक हो । यसअघि जापानका लागि भने ४ पटक सेमिनार गरिसकिएको कार्कीको भनाई छ ।
सेमिनारमा ४० जना विद्यार्थीलाई सहभागी गराउने लक्ष्य रहेको कार्कीले बताए । सेमिनारमा बिर्तामोडबाट मात्र नभई धरान, इटहरी र मेची अञ्चलका अन्य जिल्लाबाट पनि विद्यार्थी आउने कार्कीले जानकारी दिए । भद्रपुर रोडस्थित आफ्नै कार्यालयको हलमा गरिने सेमिनारमा न्यूजिल्याण्डको एसआईटी कलेजका इन्टरनेशनल मार्केटिङ अफिसर साइकिया खानिनले परामर्श दिने बताइएको छ । सेमिनारमा काठमाडौँबाट फास्ट ट्रयाकका प्रवन्धक खड्ग ताम्लिङसमेत आउँदैछन् । ताम्लिङ ईक्यानका कोषाध्यक्षसमेत हुन् ।
उच्च शिक्षा अध्ययनका लागि न्यूजिल्याण्ड जापानपछि दोस्रो गन्तव्य बन्दै गएको शाखा प्रमुख कार्कीले बताए । न्यूजिल्याण्डको एसआइटी कलेजले राम्रा विद्यार्थीलाई छात्रवृत्तीसमेत दिँदै आएको छ । यस कलेजले बिर्तामोडमा पहिलो पटक सेमिनारमा सहभागिता जनाउन लागेको हो । अब फास्ट ट्रयाकले एसआइटी कलेजसँग निरन्तर सहकार्य गर्ने शाखा प्रमुख कार्की बताउँछन् ।
एसआइटीले न्यूजिल्याण्डका ३ वटा स्थानमा कलेज सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर