Aamsanchar

सेक्स गर्दागर्दै बिर्तामोडमा होटलबाट युवती पक्राउ

Author Image
शनिवार, मंसिर ११, २०७३

छुटेपछि उही धन्धा
बिर्तामोड ।

धनकुटा बुधवारेकी क्षेत्री थरकी एक युवती बिर्तामोडस्थित दार्जीलिङ होटलबाट शुक्रवार अनैतिक क्रियाकलापमा संलग्न रहेकै अवस्थामा पक्राउ परेकी छन् ।
उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । पक्राउ परेकी उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले सार्वजनिक मुद्दा चलाउने तयारी गरिरहेको छ । पक्राउ परेकी उनी यसअघि तीनपटक यस्तै पेशामा संलग्न रहेका वखत पक्राउ परेर धरौटीमा छुटेकी थिइन् । पटके यौनकर्मी भन्दै उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
प्रहरीले सार्वजनिक मुद्दा चलाए पनि मुद्दा छिट्टै फैसला हुने र जिल्ला प्रशासन कार्यालय झापाले उनीहरुलाई धरौटीमा छाडे पछि उनीहरु पुनः यस्तै कार्यमा संलग्न हुने गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापाले यस्ता यौनकर्मीलाई १० हजारदेखि १५ हजारसम्म रुपैयाँ धरौटी लिएर छाड्ने गरेको छ । पटक–पटक यसरी पक्राउ पर्दै छाडिनुले यस्तो कार्यमा संलग्न हुनेहरुको मनोबल उच्च रहेको सरोकारवालाको भनाइ छ । उनीसँगै अर्की एक महिलापनि यस्तै पटकेका रुपमा शुक्रवार नै पक्राउ परेकी छिन् । आफ्ना श्रीमानले छाडेको बताउने उनी यसपटक पनि यस्तै गतिविधिमा संलग्न रहेकै बेला पक्राउ परेकी हुन् । उनले यसअघि दुईपटक पक्राउ परी सार्वजनिक मुद्दा खेपिसकेकी छिन् ।
पछिल्लो समय प्रहरीले यौनजन्य गतिविधि निस्तेज पार्न बिर्तामोडमा विभिन्न उपाय अपनाए पनि प्रहरीको कदम प्रभावकारी हुन सकेको छैन । पछिल्लो चार महिनामा प्रहरीले बिर्तामोडबाट मात्रै झण्डै एक सयको हाराहारीमा महिला तथा पुरुषलाई यस्तै कार्यमा संलग्न भएको अवस्थामा पक्राउ गरी मुद्दा चलाएको छ । तर, उनीहरु छुटे पछि फेरि यस्तै कार्यमा संलग्न हुने गरेको प्रहरी स्रोतले बताएको छ । एक प्रहरी भन्छन्– पक्राउ गरी सार्वजनिक मुद्दा चलायो, धरौटीमा छुट्छन् फेरि सुरक्षित गन्तव्य खोजेर यस्तै व्यवसायमा संलग्न हुँदा प्रहरीलाई अहिले चुनौति नै थपिएको छ ।

Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर