Aamsanchar

आफ्ना श्रीमान अर्कैकी श्रीमतिसंग पल्किएपछि….

Author Image
शनिवार, मंसिर ११, २०७३

बिर्तामोड।

आफ्नो श्रीमान परस्त्रीसँग लागेको उजुरीको आधारमा प्रहरीले झापाको बिर्तामोडबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।
नामथर गोप्य राखेर प्रहरीले दिएको जानकारी अनुसार बिर्तामोडस्थित एक होटलमा आफ्ना श्रीमान नियमित रुपमा जाने गरेको र त्यहाँ रहेका महिलासँग अनैतिक सम्बन्ध राख्ने गरेको तथा पर्स र पैसा सोही महिलालाई दिने गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार लामोसमयदेखि ती युवाले होटलमा रहेका युवतीसँग अनैतिक सम्बन्धमा राख्दै आएको र पटक–पटक श्रीमान÷श्रीमतीको झैझगडा हुने गरेको बताइएको छ । पछिल्लो समय सुधार गृहमा पु¥याइएका उनी सुधार गृहबाटै आएर होटलमा युवतीसँग अनैतिक क्रियाकलापमा रहेकै बेला पक्राउ गरिएको स्रोतले जनाएको छ । योसँगै प्रहरीले झापाका विभिन्न होटलबाट एकै दिन १० जना युवायुवतीलाई अनैतिक क्रियाकलापमा रहेकै बेला पक्राउ गरेको थियो ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको बताइएको छ । पक्राउ परेका मध्ये ६ युवती र ४ युवा रहेका छन् । उनीहरुलाई बिर्तामोडमा सञ्चालित कस्तुरी, सिक्किम, पञ्चकन्या, बसपार्कमा रहेको दार्जीलिङ होटलमा छापामारेर पक्राउ गरेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक केशवकुमार थेवेका अनुसार विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर