Aamsanchar

किसानले भैँसी सुत्केरी भत्ता पाएनन्

Author Image
शनिवार, मंसिर ११, २०७३

बैतडी ।

नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बिमा कार्यक्रमबाट जिल्लाका भैँसीपालक किसान भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका छन् ।

सरकारले बैतडीसहित २० जिल्लामा किसानलाई भँैसी सुत्केरी भत्ता दिने घोषणा गरेको भए पनि बैतडीका कुनै पनि कृषकले भैँसीको बिमा नगराउँदा भँैसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका हुन् ।

यस जिल्लामा थुप्रै भैँसीपालक किसान रहेपनि अहिलेसम्म कसैले पनि बिमा गराएका छैनन् ।

नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले भैँसीको पशु बिमा गराएका किसानलाई सुत्केरी भत्तावापत प्रतिभैँसी रु दुई हजार ५०० उपलब्ध गराउने गरेको छ ।

किसानले पशु बिमा गर्दा २५ प्रतिशत रकम मात्र तिर्नुपर्ने र अरु ७५ प्रतिशत रकम नेपाल सरकारले तिर्ने व्यवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. नवीन घिमिरेले बताउनुभयो ।

“किसानलाई पटकपटक पशु बिमाका लागि आग्रह ग¥यौँ तर पनि अहिलेसम्म जिल्लाका एउटा पनि किसानले पशु बिमा गराएका छैनन्” उहाँले भन्नुभयो “किसानले भैँसीको एक रु लाखसम्मको बिमा गरेको छ र भँैसीको कारणवस मृत्यु भयो भने बिमा कम्पनीले ९० हजार दिने प्रावधान छ ”

भँैसी सुत्केरी भत्ता पाउनका लागि भैँसी ब्याएको दुई महिनाभित्र निवेदन दिनुपर्ने, सम्बन्धित पशु सेवा केन्द्रको सिफारिस हुनुपर्ने र पशु बिमा गरिएको हुनुपर्ने प्रावधान छ । तर बैतडीमा कुनै पनि किसानले भैँसीको बिमा नगरेकाले किसानले भँैसी सुत्केरी भत्ता नपाएको समेत डा नवीन घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाका धेरै किसान पशु बिमाको बारेमा अझै पनि अनविज्ञ रहेका छन् । जनचेतनाको अभाव र बिमाको पूरा प्रक्रियाको बारेमा थाहा नभएका कारण अहिलेसम्म बिमा नगराएको श्रीकोटका किसान हेमराज गिरीले बताउनुभयो । उहाँले भन्नुभयो “किसानलाई बिमाको प्रक्रियाबारे थाहा छैन ”

सरकारले पशु बिमामा ७५ प्रतिशत अनुदान दिएको भए पनि किसानको यसतर्फ आकर्षण नहुँदा बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट भँैसीको मासुको मूल्यमा तराईलगायत राजधानीतिर निकासी हुने गरेको स्थानीय किसानको भनाइ छ ।

भँैसीमा विभिन्न किसिमका रोगको सङ्क्रमण हुनु, खरघाँसको पर्याप्त व्यवस्था नहुनु र भैँसीमा बाँझोपनको समस्या हुनुलगायतका कारणले भँैसी निकासी बढेको स्थानीय भैँसीपालक किसानको भनाइ रहेको छ ।

भँैसीहरु निकासी हुन थालेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा भँैसी लोप हँुदै गएका छन् । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर