Aamsanchar

विमल घर्ती मगर टाइब्रेकरमा चुक्दा,शसस्त्र प्रहरी एपीएफको जित (१३ फोटो सहित )

Author Image
शनिवार, मंसिर ११, २०७३

विमल घर्ती मगर टाइब्रेकरमा चुक्दा सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरीको एपीएफले हात पारेको छ । उसले ५–३ गोल अन्तरले रुपन्देही–११ लाई हरायो । योसँगै एपीएफले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाएको छ भने रुपन्देहीले २ लाख ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ ।

 

14

खेलका निर्णयकलाई बल हस्तान्तरण गरेर खेल उद्घाटन गर्दै प्रमुख अतिथि,साथमा झापा जिल्ला खेलकुदका अध्यक्ष जलकुमार गुरुङ

13

खेलाडी संग गोल्डकपका आर्थिक संयोजक कुमार पोखरेल

8

मञ्चवाट खेल हेर्दै अतिथिहरु

खेलको निर्धारित समयसम्म १–१ गोल अन्तरको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।  रुपन्देहीका विजय धिमाल, विक्रम लामा र रजिन धिमालले गरेको प्रहार गोलमा परिणत भएको थियो भने विमलको प्रहार चुकेको थियो ।
एपीएफका लागि अञ्जन विष्ट, नविन लामा, आदित्य चौधरी, मिलन राई र सन्तोष कटवालले गोल गरेका थिए ।

2

प्याराफिटमा बस्ने ठाउ नपुगेर उभिएर खेल हेर्दै दर्शकहरु 

7

आफ्नो पक्षले  गोल लगाएपछी खुशीयालीमा राष्ट्रिय खेलाडी विमल घर्तीमगर

     यसअघि दोस्रो हाफको १९ औं मिनेटमा एपीएफका राजेन्द्र रावलले पहिलो गोल गरे । आदित्य चौधरीको फ्रि–किकलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । दोस्रो हाफको ३४ औं मिनेटमा रुपन्देहीका विमल घर्ती मगरले गोल गरेका थिए । सरोज कोइरालाको फ्रि–किकमा रजिन धिमालले गरेको हेडलाई सदुपयोग गर्दै विमलले हेड टु हेड गोल गरेका थिए । खेलमा एपीएफका आदित्य चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई विर्तामोडको हनुमान सेन्ट्रलमा रहेको  मनकामना सप्लायर्सका प्रोप्राइटर खगेन्द्र नेपालले १५ हजार रुपैयाँ बराबरको एन्ड्रोइड फोन प्रदान गरे । 

9

कडाईका साथ नियम लागु गराउने राष्ट्रिय फुटबल खेलका निर्यायक लव खत्री एपी एफका खेलाडीलाई पहेलो कार्ड देखाउदै

3

प्रखुख अतिथिलाई मायाको चिनो प्रदान गर्दै जेसीज अध्यक्ष

म्यान अफ टुरनामेन्ट भने रुपन्देहीका विक्रम लामा भए । उनले लेनोभो मोबायलको मेची अञ्चल आधिकारिक विक्रेता क्वालिटी कम्प्यूटरर्सका प्रोप्राइटर दिपेश पाठकको तर्फबाट२७ हजार रुपैयाँ बराबरको एन्ड्रोइड फोन पाए ।  
रुपन्देही मनाङ मस्याङ्दीलाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको थियो भने एपीएफले नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेको थियो ।

10

म्यान अफ द म्याच बन्न सफल एपीएफका आदित्य चौधरीलाई मोबायल प्रदान गर्दै  विर्तामोड हनुमान कम्प्लेस, मनकामना सप्लायर्सका प्रोप्राइटर खगेन्द्र नेपाल

11

म्यान अफ टुरनामेन्ट बन्न सफल रुपन्देहीका विक्रम लामालाई मोवाईल हस्तान्तरण गर्दै क्वालीटी कम्प्यूटरर्सका प्रोप्राइटर दिपेश पाठक

4

उप विजेताको ट्रफी ग्रहण गर्दै रुपन्देहीका टिम लिडरहरु

यसैबीच, खेलअघि भएको औपचारिक कार्यक्रममा नेपाली कांग्रेसका नेता देउकुमार थेबे, अखिल नेपाल फुटबल संघका मानार्थ अध्यक्ष टासी घले, सुरुङ्गा जेसीजका मानार्थ सदस्य श्याम पौडेल, राप्रपाका कनकाई नगर अध्यक्ष खेम कार्की, सुरुङ्गा खानेपानीका अध्यक्ष प्रेम दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

5

 विजेताको ट्रफी ग्रहण गर्दै एपीएफका टिम लिडरहरु

1

      विजयी खुशीयालीमा एपीएफका खेलाडीहरु

 

6

सहकर्मी खेलाडीहरु संग सामुहिक तस्वीरमा शसस्त्र प्रहरीहरु 

  अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष नरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्य भएको कार्यक्रममा आयोजक सुरुङ्गा जेसीजकी अध्यक्ष सरला पोखरेलको अध्यक्षता रहेको थियो । कार्यक्रमकै अवसरमा खेलमैदान उपलब्ध गराउने कनकाई माविलाई ५१ हजार १ सय  ११ रुपैयाँ प्रदान गरिएको आयोजकका भीम भट्टराईले जनाए । जेसीजकी अध्यक्ष सरला पोखरेलले विद्यालयकी प्राचार्य आशा शर्मा शिवाकोटीलाई उक्त रकम हस्तान्तरण गरेको उनले बताए । कार्यक्रमको सञ्चालन महासचिव रामप्रसाद निरौलाले गरेका थिए ।

तस्वीरहरु :  विनोद पाण्डे/आमसंचार

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर