Aamsanchar

ट्वान्टी–२० एसिया कप क्रिकेटमा नेपालको खराब सुरुवात

Author Image
आइतवार, मंसिर १२, २०७३

काठमाडौंः

Nepal-women’s-national-cricket-team-58395c01e5a827.41577848

नेपालले महिला ट्वान्टी ट्वान्टी एसिया कप क्रिकेटमा खराब सुरुवात गरेको छ। शनिबार बैंककमा भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो।

नेपालले दिएको ४८ रनको लक्ष्य पाकिस्तानले १० ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो। बैंकका लागि आइसा जाफरले २६ रनको योगदान दिइन् भने जाभिरिया खान १६ र नैन अविधि तीन रनमा नटआउट रहे।

टस जितेर पहिले व्याटिङ गरेको नेपालले १८ दशमलब १ ओभरमा सवै विकेट गुमाउँदै मात्र ४७ रन जोडेको थियो।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले ११, ज्योति पाण्डे र इन्दु बर्माले समान ८–८ रन बनाए। यसैगरी करुण भण्डारीले ६, नीरा राजोपाध्यायले २ तथा सरिता मगर र काजल श्रेष्ठले १–१ रन बनाउँदै पेभिलियन फर्केका थिए।

नेपालका तीन व्याट्स म्यान सवनम राई, सरस्वती कुमारी र नेरी थापाले खाता नै खोल्न सकेनन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर