Aamsanchar

एक हजार बालबालिकाको मुटु परीक्षण

Author Image
आइतवार, मंसिर १२, २०७३

सोलुखुम्बु।

doctor

नेपाल हृदयरोग केन्द्र निवारण प्रतिष्ठानले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शनिबार आयोजना गरेको मुटु परीक्षण कार्यक्रममा एक हजार ५१ जना बालबालिकाको मुटु परीक्षण गरिएको छ ।

पन्ध्र वर्षमुनिका बालबालिकालाई लक्षित गरिएको सो शिविरमा परीक्षण गराएकामध्ये १० जना बालबालिकाको मुटुको शल्यक्रिया गर्नुपर्ने अवस्था पहिचान भएको मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले जानकारी दिनुभयो ।

यसैबीच नेपाल हृदयरोग निवारण प्रतिष्ठानले मेची–महाकाली राष्ट्रिय मुटु सचेतना अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले सोलुखुम्बुको सल्लेरीमा छैठौँ अर्धवार्षिकी सभामार्फत घोषणापत्र जारी गर्दै मुटु सचेतना अभियान सञ्चालन गर्ने जनाएको छ । १८ जिल्लाका प्रतिनिधि सम्मिलित सभामा जिल्लागत प्रगतिको समेत समिक्षा गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर