Aamsanchar

खप्तडी बस्नेत युवा सम्मेलन सम्पन्न

Author Image
आइतवार, मंसिर १२, २०७३

bhela photo[शान्तिराम बस्नेत]
शिवसताक्षी ।
“सम्पूर्ण खप्तडी बस्नेतका युवाहरु बीचको एकता, कुल र वंश उत्थानका लागि आजको आवश्यकता’ भन्ने मूल नाराका साथ सप्तरी जिल्लाको फत्तेपुरमा पुर्वाञ्चल स्तरीय बृहत् खप्तडी बस्नेत युवा सम्मेलन सम्पन्न भएको छ ।
खप्तडी बस्नेत युवा समाज पूर्वाञ्चलको आयोजना तथा खप्तडी बस्नेत वन्धु उत्थान तथा वंशावली जिल्ला समिति सप्तरीको आयोजनामा सम्पन्न भेलामा प्रमुख अतिथि समेत रहेका खप्तडी बस्नेत वन्धु उत्थान तथा वंशावली समितिका केन्द्रीय अध्यक्ष शिव बहादुर बस्नेतले ः यस प्रकारको वन्धुहरुको सम्मेलनले खप्तडी बस्नेतका दाजुभाइ तथा दिदीबहिनीहरु बिच एक आपसमा चिनजान, सद्भाव, भातृत्व एवम् सहयोगात्मक भावनाको अभिवृद्धि हुने तथा चाँडै बन्न लागेको दोस्रो वंशावली पुस्तकमा कोहीपनि नछुट्ने बताउँदैं युवाहरु सक्रिय रहँदा समाजप्रति उत्तरदायी, कुल वंश उत्थान र समाज रुपान्तरणमा अग्रणी भूमिका निर्वाह 15216180_10209218521873906_620470070_oगर्न संगठित हुन सुझाएका थिए ।
कार्यक्रममा खप्तडी बस्नेतको प्रथम वंशावली पुस्तक निर्माणकर्ता राम बहादुर बस्नेत, खप्तडी बस्नेत युवा समाज केन्द्रीय अध्यक्ष अभिमानसिंह बस्नेत, उपाध्यक्ष रमेश बस्नेत, सचिव महेश बस्नेत, विभिन्न जिल्लाका वंशावली समितिका सदस्यहरु, राज्यको विभिन्न ओहोदामा रहने खप्तडी बस्नेतबन्धुहरुको आतिथ्य तथा मन्तव्य रहेको थियो ।
यसैबीच कार्यक्रमको दोस्रो सत्रबाट मोरङका समनसिंह बस्नेतको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति समेत गठन भएको छ । जसको उपाध्यक्षमा उमेश बस्नेत (उदयपुर), सचिव बादसा बस्नेत (सप्तरी), कोषाध्यक्ष युवराज बस्नेत (सुनसरी), सह–सचिव गगन बस्नेत (इलाम) सर्वसम्मत निर्वाचित भएका थिए । त्यसैगरी सदस्यहरुमा सुनसरीबाट अमन, दुर्गा र दीपा बस्नेत, झापाबाट बिकास, अस्मिता र सन्तोष बस्नेत, मोरङबाट नबीन र सन्तोष बस्नेत, उदयपुरबाट गणेश र सञ्जय बस्नेत, सप्तरीबाट निर्मल र लोकबहादुर बस्नेत, इलामबाट रोजित बस्नेत, ओखलढुङ्गाबाट भुपेन्द्र बस्नेत, खोटाङबाट खगेन्द्र बस्नेत र सिराहाबाट मनोज बस्नेत रहेका छन् ।
यसैबीच सोही दिन बसेको तदर्थ समितिको भेलाले सल्लाहकारमा सप्तरीका सुनिल बस्नेतलाई चयन गरेको छ । कार्यक्रममा नव–निर्वाचित अध्यक्ष सुनिलसिंह बस्नेतले पूर्वाञ्चलको पहाडी क्षेत्रका वन्धुहरुलाई समेत समावेश गर्दै लैजाने लक्ष्य अनुरुप पहाडी क्षेत्रहरुमा समेत कार्यक्रमको आयोजनाको गरी वन्धुहरुबीच आपसी चिनजान, भातृत्व, सद्भाव बढाउँदैं लैजाने जानकारी दिए ।
फत्तेपुरस्थित हेडवन पार्कमा सम्पन्न भेलाको अध्यक्षता खप्तडी बस्नेत वन्धु उत्थान तथा वंशावली जिल्ला कार्य समिति सप्तरीका अध्यक्ष प्रदीपमान सिंह बस्नेतले गरेको कार्यक्रमको स्वागत समाजसेवी कृष्ण बस्नेतको तथा कार्यक्रम सञ्चालन बादसा बस्नेतले गरेका थिए ।
कार्यक्रममा पूर्वाञ्चल क्षेत्रभरीका ५ सय भन्दा बढी युवा तथा १ सय भन्दा बढी सरोकारवाला ज्येष्ठ बन्धुहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर