Aamsanchar

आदिवासीको बजेटबाट गाविस भवन निर्माण

Author Image
सोमवार, मंसिर १३, २०७३

पाँचथर।home-620x330

गाविसको भवन नभएको फलैँचा गाविसका आदिवासी जनजातिले चारकोठे भवन निर्माण गरिदिएका छन् ।

गाविसबाट विनियोजन हुने लक्षित वर्गअन्तर्गतको आदिवासी जनजाति शीर्षकको बजेटबाट सो भवन निर्माण गरिएको नेपाल आदिवासी जनजाति महासङ्घ फलैँचाका अध्यक्ष एलबी बेघाले बताउनुभयो ।

चार कोठे उक्त भवनको छत ढलानको काम सम्पन्न भएको र प्लास्टर गर्ने काम बाँकी रहेको अध्यक्ष बेघाले जानकारी दिनुभयो ।

२२ लाख अनुमानित लागत रहे पनि सो भवन बनाउन स्थानीय आदिवासी जनजातिको श्रमदानबाट रु छ लाखमै ठेक्का दिई काम सम्पन्न हुन लागेको उहाँको भनाइ छ ।

Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर