Aamsanchar

ट्वेन्टी–ट्वेन्टी महिला क्रिकेटमा नेपाल आज श्रीलंकासँग भिड्दै

Author Image
सोमवार, मंसिर १३, २०७३

काठमाडौं,

Womens-Cricket-Nepal

एसिया कप ट्वेन्टी–ट्वेन्टी महिला क्रिकेटमा नेपालले सोमबार श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बैंककमा पौने १ बजे सुरु हुनेछ ।

नेपाल र श्रीलंकाको महिला टोली दोश्रो पटक खेल्न लागेका हुन् । सन् २०१२ मा भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग २० रनले पराजित भएको थियो ।

प्रतियोगितामा दुवै देश सोमबार पहिलो जितको खोजीमा छन् । यो प्रतियोगितामा नेपाल र श्रीलंका दुवै पाकिस्तानसँग हारेका थिए । नेपालले ९ विकेटले र श्रीलंका ८ विकेटले पाकिस्तानसँग पराजित भएका थिए । ब्याटिङ्ग सुधार गर्नु नेपाली टीमको मुख्य चुनौती देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर