Aamsanchar

सुडानमा कार्यरत २ नेपाली अपहरित

Author Image
सोमवार, मंसिर १३, २०७३

एएफपी, खारतुम

सुडानको हिंसाग्रस्त क्षेत्र पश्चिम डार्फरबाट हतियारधारी समूहले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोग (यूएनएचसीआर) मा कार्यरत दुई नेपालीसहित एक सुडानी नागरिकलाई अपहरण गरेको छ ।
तीनैजनालाई पश्चिम डार्फरबाट अपहरण गरिएको एक स्थानीय सरकारका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले बताएको छ ।

‘हतियारधारी समूहले हिजो तीनजना यूएनएचसीआरमा कार्यरतहरुलाई जिनिनाबाट अपहरण गरेका छन्,’ पश्चिम डार्फरको राज्य सरकारका प्रवक्ता अब्देल्ह मुस्तफाले एएफपीलाई भनेका छन्, ‘अपहरण हुनेमा २ जना नेपाली र एक सुडानी छन् । प्रहरीहरुले अपहरणकारीको खोजी गरिरहेको छ ।’

यूएनएचसीआरका अधिकारीहरुले भने अपहरणका बारे कुनै प्रतिक्रिया नदिएको पनि एएफपीले जनाएको छ ।

डार्फरमा सन् २००३ देखि भड्किएको गृहयुद्धमा ३ लाखजनाले ज्यान गुमाइसकेका छन् भने २५ लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर