Aamsanchar

सेमिनार सम्पन्न गर्यो फास्ट ट्रयाकले

Author Image
सोमवार, मंसिर १३, २०७३

उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीलाई उचित शैक्षिक परामर्श दिँदै आएको बिर्तामोडस्थित फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीले सोमबार एकैदिन जापान र न्यूजिल्याण्डका लागि दुईवटा निःशुल्क सेमिनार सम्पन्न गरेको छ ।
दुईवटा सेमिनारमा गरी कुल ८० जना विद्यार्थीको सहभागिता थियो ।

सेमिनारमा काठमाडौँबाट आएका फास्ट ट्रयाकका प्रवन्धक खड्ग ताम्लिङले विद्यार्थीलाई जापानका लागि परामर्श दिए । ताम्लिङ ईक्यानका कोषाध्यक्षसमेत हुन् ।
न्यूजिल्याण्डको एसआईटी कलेजका इन्टरनेशनल मार्केटिङ अफिसर साइकिया खानिनले सेमिनारमा न्यूजिल्याण्डका लागि परामर्श दिएका थिए । सेमिनारमा बिर्तामोडसहित मेची अञ्चलका अन्य जिल्ला तथा धरान र इटहरीबाट समेत विद्यार्थी सहभागी भएको फास्ट ट्रयाकका बिर्तामोड शाखा प्रमुख राजकुमार कार्कीले जानकारी दिए ।
सेमिनारपश्चात ५ जना विद्यार्थीले न्यूजिल्याण्डका लागि एडमिसन गरेको बताइएको छ । फास्ट ट्रयाकको बिर्तामोड कार्यालयले न्यूजिल्याण्डका लागि सेमिनार आयोजना गरेको यो पहिलो पटक हो । यसअघि जापानका लागि भने ४ पटक सेमिनार गरिसकिएको कार्कीको भनाई छ ।
01

विद्यार्थीलाई जापानकालागि परामर्श दिदै ताम्लिङ

02

इन्टरनेशनल मार्केटिङ अफिसर साइकिया खानिन न्यूजिल्याण्डका लागि परामर्श दिदै

03

 सेमिनारमा सहभागी विद्यार्थीहरु

फोटो : आमसंचार

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर