Aamsanchar

जापान प्रवासी मंचको अधिवेशन सम्पन्न

Author Image
मङ्गलवार, मंसिर १४, २०७३

japanभरत शिवाकोटी

  [युएई] 

नेकपा एमालेको प्रवासमा क्रियासिल रहेको संगठन प्रवासी नेपाली मंच, जापानले आफ्नो २०औं अधिबेशन नोभेम्बर २६ र २७ मा सम्पन्न गरेको छ । जापानको कामाता ओताकु सेईखाचु सेन्टरमा एमाले स्थायी समिति सदस्य एवं प्रस्तावित क्षेत्र नं- ४ का संयोजक तथा पूर्व मन्त्रि किरण गुरुङ र नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य राजन राईको विशेष अतिथ्यतामा सम्पन्न भएको उक्त अधिबेशनमा जापानका विभिन्न स्थानहरुबाट एमाले कार्यकर्ताहरु तथा पार्टीमा आस्था राख्ने नेपालीहरु तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

बन्द सत्र कार्यक्रम अन्तर्गत नेतृत्व चयनमा धेरै आकांक्षी भएपछी सहमति जुटाउन नसक्दा एकदिन ढिलो सम्म महाधिबेशनलम्बिएको थियो । अन्तत:आगामी दुइ वर्ष कार्यकालका निमित्त दुई सदस्य पछी थप्ने गरि महेन्द्र श्रेष्ठको अध्यक्षतामा २७ सदस्य सर्वसम्मत कार्यसमिती चयन भएको टोकियोबाट चुडामणी काफ्लेले जानकारी दिएका छन। जसमा पाँच उपाध्यक्ष क्रमश: बाबुराम भण्डारी, बलराम भुसाल,सिद्धार्थ श्रेष्ठ, मोहन रायमाझी र कुलचन्द्र खरेल रहेका छन भने महासचिवमा सुरेस केसी,उपमहासचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा पशुपति गिरी र दुई सचिवमा क्रमश: विकास पौडेल र जीवन अर्याललाई चयन गरिएको छ।

कार्यसमितीका सदस्यहरूमा क्रमश: प्रकाश महरा, पर्शुराम बस्नेत, आलोक चालिसे, भिम न्यौपाने, सागर रिजाल,  देवीलाल भण्डारी, दीप पाठक, बुद्धिराज घिमिरे, अशोकचन्द्र अधिकारी, अच्युत लोहनी,  स्वतन्त्र पौडेल,प्रकाश ढकाल, राजु तिवारी र नारायण पौडेल रहेका छन ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङले नेकपा एमालेलाई विगतमा आलोचना गर्नेहरुलाई अहिले आएर उसले देश र रास्ट्रियताका सवालमा लिएका अडानहरुले जवाफ दिइरहेको बताउँदै केपी ओली नेतृत्वको सरकारले देश,जनता र राष्ट्रका निमित्त गरेका र गर्न खोजेका कामहरुबाट नै समुन्नत नेपालको रेखा कोरिएको र त्यसबाट आँतिनेहरुले रास्ट्रवादी सरकार ढालेर अहिले विभिन्न नाममा मुलुकलाई संक्रमणकालभित्र अनन्त सम्म राख्ने प्रयास भैरहेकोमा सबै सचेत हुनुपर्ने धारणा राखेका थिए भने विशेस अतिथि राजन राईले समेत मन्तव्य राखेका थिए ।

निवर्तमान अध्यक्ष कृष्ण खडकाको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिव कुलचन्द्र खरेलले गरेका थिए भने स्वागत मन्तव्य राजकुमार पण्डितले राखेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर