बिर्तामोड ।
बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटलले मेची अञ्चलबासीलाई लक्षित गरी ७८०० रुपैया मै एमआरआई(MRI) सेवा उपलब्ध गराउन थालेको छ । तिहार,नेपाल सम्वत र छठ पर्वको अवसर पारी एक महिनासम्म उक्त शुल्कमा एमआरआई(MRI) सेवा उपलब्ध
गराइएकोमा सेवाग्राहीको माग र चाप का कारण उक्त शुल्कमा माघ १ गते सम्मका लागि सो सेवा उपलब्ध गराइने हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।
कार्तिक ५ गते बाट मंसीर ५गते सम्म उक्त विशेष छुटमा एमआरआई सेवा उपलब्ध गराइएकोमा माघ १ गते सम्म्को लागि अवधि थप गरिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।
गिरीका अनुसार बी एण्ड सी टिचिङ हस्पिटलले उपलब्ध गराएको यो सेवा नेपालकै सस्तो र गुणस्तरीय हो । अरुबेला एमआरआई(MRI) सेवाको शुल्क १२ हजार ५०० रुपैयासम्म पर्छ । शिलगढीमा एमआरआई(MRI) सेवा लिन १३००० बढी खर्च गर्नुपर्छ । १.५ टेस्ला र ३२ च्यानल भएको बी एण्ड सी को एमआरआई(MRI) नेपालमै अत्याधुनिक प्रविधिको भएको बताइन्छ । बी एण्ड सीले एमआरआई(MRI) सेवा सुरु गरेको ७ महिनाको अवधिमा ५००० बढी एमआरआई गरिसकेको जनाइएको छ । मष्तिस्कसम्वन्धी समस्या, ढाडमा नसा च्यापिएको, घँुडा तथा हाड जोर्नी खिइएको लगायतका समस्या एमआरआई(MRI) गरेपछि मात्र पत्ता लाग्छ । डा. उमेशकुमार शर्मा नेतृत्वको ६ सदस्यीय रेडियोलोजिष्ट चिकित्सक टोलीले उक्त सेवा उपलब्ध गराउदै आएको छ । एमआरआई(MRI) बाट रोग पहिचान भएपछि बिरामीलाई न्यूरो तर्फ डा. चन्द्र लिम्बू र अर्थो तर्फ डा. निराजन पराजुलीको विशेषज्ञ चिकित्सक टोलीले सेवा दिदै आएको हस्पिटलका जनसम्पर्क अधिकारी गिरीले बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 127