

[नर्वदा भट्टराई]

आॅखा भरी आॅसु बनाई ओठ भरी मुस्कान छरें
बिदाईको त्यो घडीमा छिट्टै आएस संकेत गरें

पलपल याद,तिम्रो आउदा ,रसाउने मेरा आँखा
स्पर्सको न्यानो काख मलम पट्टी बनाई रहें


आँखा भित्र सपनाको ठूलो सहर सजाउँदा
थाहा भएन भत्किएको ,बिश्वास सँधै गरीरहें
तिमी भित्र के थियो ? र चाहाना हो ब्यर्थै मेरो
सम्झाएर यो मनलाइ टाढा टाढा भागीरहें
Views: 219

