Aamsanchar

मोरङमा १३८ नयाँ कुष्ठरोगी भेटिए

Author Image
मङ्गलवार, मंसिर १४, २०७३

पथरी (मोरङ), 

0

मङ्सिर १४ गते  । मोरङमा १३८ नयाँ कुष्ठरोगी फेला परेका छन् । गएको चार महिनामा मोरङमा १३८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका मोरङका अधिकृत मुलुकचन्द राजवंशीले जानकारी दिनुभयो ।

गत वर्ष मोरङमा २०२ जना नयाँ कुष्ठरोगी फेलापरेका थिए । प्रति दशहजारमा एकभन्दा कम कुष्ठरोगीको सङ्ख्या कायम गर्ने लक्ष्यका साथ सरकारले काम गरेपनि मोरङमा भने कुष्ठरोगीको सङ्ख्या धेरै पाइएको छ । मोरङमा प्रति दशहजारमा १ दशमलव ४ प्रतिशत कुष्ठरोगी रहेको जनस्वास्थ्यले जनाएको छ ।

मोरङको बुधनगर, आमगाछी, बरडङ्गा, उर्लाबारी, बयरवन, महादेवा, रङ्गेलीलगायतका स्थानमा बढी मात्रामा कुष्ठरोगीको सङ्ख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । मोरङमा कुष्ठरोगका कारण अङ्गभङ्ग हुने दर भने घटेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)