Aamsanchar

विद्युत वक्यौता नतिर्ने ग्राहकबाट ६३ लाख राजश्व संकलन

Author Image
मङ्गलवार, मंसिर १४, २०७३

बिर्तामोड।

22052016070144power-house

नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले सय दिनमा विद्युत वक्यौता नतिर्ने ग्राहकबाट ६३ लाख ६५ हजार ९ सय ८९ रुपैयाँ राजश्व संकलन गरेको छ ।

गत भदौ देखि मंसीर १० गतेसम्ममा प्राधिकरणले दुई सय ५२ जना ग्राहकलाई कार्वाही गर्दै उक्त रकम संकलन गरेको हो । प्राधिकरणका प्रमुख इञ्जिनियर राजीवकुमार सिंहका अनुसार तीन करोड रुपैयाँ वक्यौता उठ्नुपर्नेमा तीन महिनाको अवधिमा साढे ६३ लाख रुपैयाँ वक्यौता उठिसकेको बताए ।

उनले तीन सय ५४ जना ग्राहकलाई कार्वाहीको सूचीमा राखेको र उनीहरुबाट एक करोड १५ लाख ६० हजार दुई सय ६८ रुपैयाँ यही महिनाभित्र उठाउने लक्ष्य राखिएको समेत बताएका छन् ।

जसका लागि उनीहरुको घरमा जडान गरिएको विद्युत लाइन काटिएको समेत प्रमुख इञ्जिनियर सिंहले बताए । उनले २५ हजार माथि कसैको पनि वक्यौदा नरहेको बताउदै अगाडि भने– ६० दिन भन्दा माथि वक्यौदा नजतिर्ने ग्राहकको जुनसुकै बेला लाइन काटिन सक्छ ।

यसैबीच प्राधिकरणले विद्युत हुकिङ गर्नेबाट पाँच लाख रुपैयाँ वरावरको सामान जफत गरेको छ । प्राधिकरणको टोलीले सोमवार शरणामती, कनकाई नगरपालिका र मदरगाछबाट उक्त मू्ल्य वरावरको सामान वरामद गरिएको केन्द्र प्रमुख सिहले बताए ।

उनका अनुसार शरणामतीबाट १० थान सिङ्गल फेज मिटर, कनकाईबाट दुई एचपीका तीन थान मोटर तथा मदरगाछबाट हाफ एचपीको ५ थान मोटर र सात सय मिटर सर्भिर वाएर बरामद गरिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर