बुधबारे।
झापाको बुधबारेमा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्र्तगत मंगलबारको खेलमा वडा नम्बर २ विजयी भएको छ ।
उसले वडा नम्बर ८ लाई ५-२ गोल अन्तरले हराएको छ । टिमलाई जित दिलाउन वडा नम्बर २ का राजेश हमालले २, योगेश हमाल, विवेक न्वमाज, सञ्जोग कार्कीले एक एक गोल गरे ।

८ नम्बरका विनोद भुजेल र वरुण धिमालले एक एक गोल गरे । खेलमा २ गोलको अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा ८ पराजित भयो।

आदर्श क्लब बुधबारेले आयोजना गरेको प्रतियोगितामा बुधबार वडा नम्बर ५ र ६ विच खेल हुनेछ ।
Views: 159

