Aamsanchar

आज वि।सं। २०७३ साल मंसिर १५ गते बुधबारको राशिफल हेर्नुहोस्

Author Image
बुधवार, मंसिर १५, २०७३

वि.सं. २०७३ साल मंसिर १५ गते। बुधबार। इश्वी सन् २०१६ नोभेम्बर ३० तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– प्रतिपदा, १९:०१ बजेउप्रान्त द्वितीया।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान्। मेहनतअनुसार श्रमको मूल्य थोरै मात्र प्राप्त हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान समेत प्राप्त हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मेहनतीहरूका लागि दिन निकै फाइदाजनक रहनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। ईर्ष्या गर्नेहरूलाई पनि मेहनतको पाठ सिकाउन सकिनेछ। समयमा स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुने समय छ। केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। पहिलेका सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोरी महसुस हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। बौद्धिक व्यक्तित्वसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुन सक्छ। गुरुजनको मार्गदर्शन लाभदायक रहनेछ
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
नजिकका साथीभाइ टाढा हुनेछन् भने आफ्नाले सहयोग जुटाउनुको सट्टा धोका दिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइएला। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। भूमि तथा पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ। व्यवहारमा आमाको माध्यम लाभदायक बन्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मेहनतले विशेष अवसर दिलाउनेछ। मान-सम्मान पाइनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा पनि मनग्य धन आर्जन हुने समय छ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
स्फूर्ति देखाउने बानीले समस्या निम्त्याउन सक्छ। अरूको आलोचना गर्दा आफैंलाई हानि होला। असंयम व्यवहारले शुभचिन्तकहरू टाढिन सक्छन्। व्यापारमा त्यति समय दिन नसकिएला। लाभांश पनि कममात्र मिल्नेछ। पहिलेका सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा मनग्य समय दिन नसकिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
रचनात्मक काम सुरु गर्ने समय छ। विगतको सफलताले हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आफ्नै बेहोसीले नोक्सान पुर्याउला। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। बलजफ्तीले पछिसम्म बाधा पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च होला। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। कमै फाइदा मिले पनि खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ। स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कला, साहित्य भ्रमण आदिमा रुचि जाग्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति छ। मेहनतको उचित मूल्य नपाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। अस्वस्थताका बीच सामाजिक जिम्मेवारी बढिरहनेछन्। फाइदा नहुने काममा जुट्नुपर्ने अवस्था देखिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर