Aamsanchar

६ वटा चोरीका मोटरसाइकलसहित ५ जना पक्राउ

Author Image
बुधवार, मंसिर १५, २०७३

झापा ।

Choriko-Bike

इलाका प्रहरी कार्यालय बिर्तामोडले मंगलबार ६ वटा चोरीका मोटरसाइकलसहित ५ जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा सम्लग्नलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशव थेवेले जानकारी दिनुभयो । तर, पक्राउ परेका कसैको पनि नाम उहाँले उल्लेख गर्न चाहनुभएन ।

घटनाको थप अनुसन्धान भइरहेको बताउदै उनीहरुलाई बुधवार विहान पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाको सम्पूर्ण विवरण सहित सार्वजनिक गरिने प्रहरी नायव उपरीक्षक थेवेले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)