Aamsanchar

नेपाली संगीत क्षेत्रका पहिलो लिम्बु गायक कसम

Author Image
बुधवार, मंसिर १५, २०७३

झापा ।

Kasam G

कसम भुजेल नेपाली चलचित्र क्षेत्रमा अत्यन्तै चर्चित नाम हो । नेपाली चलचित्रको निर्देशक,सहायक निर्देशकको भूमिका देखिसकेका कलाकार भुजेल सधैंबह हरेक चलचित्र होस वा म्युजिक भिडियोमा फरक फरक भूमिकामा गर्न रुचाउँछन् ।

नेपाली चलचित्रमा सधैंबह नयाँपनको खोजी गर्न उनी मञ्च संम्बद संघीय लिम्बुबान कलाकार संघका केन्द्रिय उपाध्यक्ष समेत हुन् । उनले लिम्बु भाषामा पहिलो गीत साम्लोआ,विप्सेम्ना नामक आफोल यामङमू गाए जसको अर्थ नेपालीमा अब मेरो गीत सबैले सुन्नुदिनुहोला भन्ने हो ।

२०३६ सालदेखि नै गीत संगीत कलाकारिताको क्षेत्रमा लागि परेका कसम लिम्बु भाषाको गीत सहित म्युजिक निर्देशन गरे लगतै २०५० सालमा रेडियो नेपालमा स्वर परिक्षामा समेत प्रास गरे । तत्कालिन समयमा रेडियो नेपालमा स्वर परिक्षा प्रास गर्दा गाँउ,टोलमा बेग्लै महत्वको साथ हेरिन्थ्यो । स्वर परिक्षा प्रास गरेपछि उनमा पनि थप उर्जा आयो ।

त्यसपछि एकपछि अर्का उनको गीत,म्युजिक भिडियो,फिल्म सार्वजनिक भए । जसले उनको लोकप्रियता झनै उचाईमा पुग्र्यो । उनको फेरि तिमो याद आयो बोलको लिम्बु भाषाका गीतमा निर्देशक,लिम्बु फूल गीातमा सहायक निर्देशक,बाडुली चलचित्रमा सहायक निर्देशक,ढोया चलचित्रमा सहायक निर्देशक लगायतको भूमिका निर्वाह गरेका छन् ।
कलाकार कसममा राई,लिम्बु, मगर,तामाङ सहित नेपाली भाषाको बहुमुखी ज्ञान त छदै छ गायनमा समेत भाषाभाषीका गीत संगीतलाई संरक्षण गर्ने उदेश्यले जमेर लागिपरेका छन् । भुजेलमा अब कसम भुजेलको राई,लिम्बु, मगर,तामाङ सहित नेपाली पाँचभाषाको गीत रिलिज हुने तयारीमा रहेको छ । दशैं सम्ममा रिलिज हुने कलाकार भुजेलले बताए ।

भुजेलले पूर्वाञ्चल सँग कुराकानी गदै देशलाई उर्जा गराउने अनि एउटा फरक सन्देशले आफू कलाकारितामा लागेको बताए । ४५ वर्षीया कसम भुजेलको जन्म जयपुर ४ मा आमा देवीमाया,बुबा दलबहादुर भुजेलका जेष्ठा सुपुत्र हुन् उनका २ छोराहरु जितेन,न्युसन,२ छोरीहरु जुलीम कमला रहेका छन् । समुदायमा सामाजिक काममा समेत अग्रसर हुने कसम अहिले दाहालटार सामुदायिक वनका सहसचिव समेत हुन् । उनको यो कलाकारिता र सामाजिक सेवा प्रतिको निष्ठा बढेर जाऔंस हाम्रो पनि शुभकामना ।।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)