Aamsanchar

९ औं नेफ्टा फिल्म अवार्ड दुवईमा

Author Image
बुधवार, मंसिर १५, २०७३

[भरत शिवाकोटी ]               

   युएई,

15310347_1041889079270482_1260728411_n

युएईमा  २३ डिसेम्बर २०१६ मा हुन लागेको ९औं नेफ्टा फिल्म अवार्ड कार्यक्रमको व्यवस्थापकीय तयारि अन्तिम चरणमा पुगेको व्यवस्थापनको जिम्मेवारी पाएको कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा डिस्ट्रिब्युसन कम्पनीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

युएईको सेभेन स्टार इभेन्ट एण्ड प्रोडक्सन कम्पनि सँगको सहकार्यमा कन्सेप्ट भिजनले व्यवस्थापन गरेको र नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा अवार्ड वितरणको ९ औं संस्करण यसपटक दुवईमा आयोजना हुन लागेको हो । यस अघि नेफ्टा अवार्ड वितरण कार्यक्रम कतार, मलेसिया र हंगकंगमा भएको थियो ।

कार्यक्रममा भाग लिन नेपालबाट कलाकार, प्राविधिक लगायत दर्जनौको टोलि युएई आउने जानकारी आयोजकले दिएको छ । युएईमा हुन लागेको यो कार्यक्रम सम्पूर्ण नेपालीहरुको इज्जत र प्रतिष्ठा सँग जोडिएको हुनाले यसलाई सभ्य र भब्य रुपले सम्पन्न गर्नुपर्ने र त्यसका लागि आफुहरु प्रतिबद्द रहेको धारणा युएईमा रहेका विभिन्न संघ, संस्थाका अगुवा प्रतिनिधिहरुले सो पत्रकार सम्मेलनमा बताएका छन ।

सबै संघ, संस्था एवं व्याक्तित्वहरुको सहयोगमा कार्यक्रम सफल हुने विश्वास कन्सेप्ट भिजनका सालिक सुवेदीले व्यक्त गरेका छन । कार्यक्रम व्यवस्थापनको तयारी गरिरहेको कन्सेप्ट भिजन फिल्म प्रोडक्सनले कार्यक्रममा प्रवेश शुल्क वापत ५० दिराम देखि ५०० दिराम सम्मको टिकटको व्यवस्था गरिएको जानकारी दिएको छ भने युएईका मुख्य शहरहरुमा टिकट बिक्रि शुरु भैसकेको र कार्यक्रम मिती भन्दा एक साता अघिबाट टिकट बिक्रि बन्द हुने जनाइएको छ ।

झन्डै तिन करोड भन्दा माथि खर्च अनुमान गरिएको र सो रकम मध्ये आधा प्रायोजक र आधा टिकट बाट व्यवस्थापन गरिने कन्सेप्ट भिजनका राजन अधिकारीले जानकारी दिएका छन । २३ डिसेम्बर २०१६ बेलुका ७.३० देखि करिब ४ घण्टा कार्यक्रम सुचारु हुने जनाइएको छ भने जसमा २० जना कलाकारहरुको समुहगत प्रस्तुति तथा चर्चित कलाकारहरुको विभिन्न धमकेदार प्रस्तुति रहनेछ ।

वि.स. २०७२ सालमा बनेका र चलचित्र प्राविधिक संघको आव्हान बमोजिम दर्ता भएका ४३ चलचित्र बिच ३१ विधामा अवार्डका निमित्त प्रतिस्पर्धा हुने यस कार्यक्रममा नेपालका महानायक भनेर चिनिने कलाकार राजेस हमाल देखि लिएर अन्य चर्चित कलाकारहरु सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली), दयाहांग राई, प्रियंका कार्की, दिपकराज गिरि, दिपाश्री निरौला लागायत अन्य चर्चित कलाकारहरुको उपस्थिति र जोडदार प्रस्तुति रहनेछ ।

करिब ३००० दर्शकहरु अटाउन सक्ने क्षमता भएको कार्यक्रम स्थल भएकोले युएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई आफ्नो टिकट सुरक्षित गर्दै कार्यक्रममा उपस्थित भइ भरपुर मनोरन्जन लिनहुन आव्हान गर्दछौ, आयोजकका तर्फबाट आमसंचार प्रतिनिधि सँग कुरा गर्दै राजन अधिकारीले भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर