Aamsanchar

बाँदरविरुद्ध गाउँलेले दिए प्रशासनमा उजुरी

Author Image
बुधवार, मंसिर १५, २०७३

खोटाङः

885f84fff24e636994d3b8169dd0a465

खोटाङको दिक्तेल नगरपालिकासहित पाँच गाविसका किसानले बाँदर आतङ्क नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन् ।

खेतबारीमा लगाइएको धान, मकै, कोदो, गहुँ र आलु लगायतका बालीनाली बाँदरले सखाप बनाइदिने गरेको दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा र लफ्याङका किसानले बाँदर आतङ्क नियन्त्रणकालागि जिल्ला प्रशासन कार्यालयलाई गुहारेका हुन् ।

बाँदर आतङ्कले कृषि उत्पादनमा  ह्रास ल्याएका कारण बसाई सर्नुपर्ने अवस्था आएकाले प्रशासनलाई गुहार्नु परेको स्थानीय शिबप्रसाद आचार्यले बताए ।

किसानले बाँदर आतङ्क नियन्त्रणकालागि दीर्घकालीन कार्ययोजना बनाउन वा उचित क्षतीपुर्तीको व्यवस्था मिलाउन माग गर्दै प्रशासनमा निवेदन दिएका छन् ।

बाँदरले बालीनाली नष्ट गरेका कारण किनेको अन्न अन्नमा निर्भर रहनुपर्ने गुनासो किसानले गरेका छन् । घरभित्रै राखिएको अन्न खाइदिन थालेपछि बाँदर धपाउनतिर लाग्दा बालबच्चाको पठन–पाठनमा नकरात्मक असर पुगेको लगायतका समस्या आइपरेको निवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर