Aamsanchar

ब्राजिलका खेलाडी चढेको विमान दुर्घटनाः इन्धन अभाव भएको खुलासा

Author Image
बिहिवार, मंसिर १६, २०७३

काठमाडौं।

PicsArt_1480428893216-750x500

ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडी चढेको विमान इन्धन अभावका कारण दुर्घटना भएको सार्वजनिक भएको छ । लिक भएको अडियो रेकर्डिङका अनुसार विमानमा इन्धन सकिएकाले दुर्घटना भएको हो ।

उक्त अडियोमा पाइलटले बारम्बार इलेक्ट्रिक फेलियर र इन्धन सकिएकाले विमान अवतरणका लागि स्वीकृति मागेको सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एयर ट्राफिक टावरबाट प्राप्त टेपमा पाइलटले विमान दुर्घटना हुनु अघिसम्म पनि इन्धन सकिएको भन्दै अवतरणका लागि अनुमति मागेको सुनिएको छ ।

दुर्घटना हुनु पूर्व विमान ९ हजार फिटको उचाइमा रहेको पनि सोही टेपबाट खुलेको छ । पाइलटले कोलम्बियाको एयर ट्राफिकसँग गरेको कुराकानीको टेप लिक भएको हो । टेपमा पाइलटले टोटल इलेक्ट्रिक फेलियर र इन्धन सकिएको चेतावनी दिएको सुनिन्छ ।

दुर्घटनापछि विस्फोट नभएकाले पनि विमानमा इन्धन नरहेको कुरा पुष्टि गर्न सक्ने एक कोलम्बियन सैनिक अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

एएफपीले घटना निकै शंकास्पद रहेको पनि जनाएको छ । तर विमानमा इन्धन लिक भएर वा उड्ने बेलामै कम भएकाले इन्धन सकिएको भन्नेचाहिं खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको छ । ६८ यात्रु र चालक दलका ९ सदस्य गरी ७७ जना रहेको जहाज कोलम्बियाको मेडेल्लिन शहर नजिक मंगलबार दुर्घटना भएको हो ।

विमानमा ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडी, २१ जना पत्रकारसहितका यात्रु रहेका थिए । दुर्घटनामा ६ जना भने बाँच्न सफल भएका छन् । ज्यान गुमाउनेमा १९ खेलाडी र २० जना पत्रकार छन् । (एजेन्सी)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर