Aamsanchar

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

Author Image
बिहिवार, मंसिर १६, २०७३

तेह्रथुम।

Accident

तेह्रथुमको लालीगुरास-१ मा बुधबार राती ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

मे १ त १८८० नम्बरको ट्याक्टर राती १२ बजेतिर लालीगुरास-१ स्थित घुर्मिते भन्ने स्थानमा सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो। दुर्घटनामा ट्याक्टरमा सवार पाँचथर नागिन घर भई सोही ठाउँमा होटल गरी बस्ने ४८ वर्षिया रुपमिना योङ्गहाङ्गको घटनास्थलमै मृत्यु भएको छ।

त्यस्तै घाइतेहरुमा ट्याक्टर चालक संखुवासभा तामाफुक १ बस्ने ३१ बर्षिय बलबहादुर तामाङ् र सह-चालक २७ बर्षिय सन्तोष तामाङ्ग घाइते रहेका छन्। घाइते दुवैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर