Aamsanchar

अतिक्रमित जग्गा एक महिनाभित्र खाली गर्न निर्देशन

Author Image
बिहिवार, मंसिर १६, २०७३

धनकुटा।

dhankuta-district

जिल्ला प्रशासन कार्यालय धनकुटाले नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाको अतिक्रमित जग्गा एक महिनाभित्र खाली गराउन निर्देशन दिएको छ ।

कार्यालयले अनधिकृतरुपमा निर्माण गरिएका टहरा हटाउन एक महिने ‘अल्टिमेटम’सहितको सूचना टाँस गरेको हो ।

धनकुटा नगरपालिका–१ हिलेमा विद्युत् प्राधिकरण धनकुटा शाखाको नाममा रहेको १९५ रोपनी जग्गा अतिक्रमण गरी घर–टहरा बनाएका ४२ घरलाई एक महिनाभित्र जग्गा खाली गर्न भनिएको छ ।

सूचनाको बेवास्ता गरिए कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ । जिल्लामा क्रियाशील राजनीतिक दल, सरकारी निकाय र नागरिक समाजको संयुक्त बैठकबाट एक महिनामा अतिक्रमित जग्गा खाली गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालयले पनि तदारुकता देखाएको नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाका प्रमुख ध्रुव कार्कीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर