Aamsanchar

विद्यार्थीको गलत तथ्यांक देखाउने प्रधानाध्यापकको जागिर गयो

Author Image
बिहिवार, मंसिर १६, २०७३

खोटाङ,

school

विद्यार्थीको गलत तथ्यांक देखाएर अनियमितता गरेको भन्दै जिल्ला शिक्षा कार्यालय खोटाङले पेलुङ प्राथमिक विद्यालय निर्मलीडाँडाका प्रधानध्यापक कृष्णबहादुर केसीलाई जागिरबाट हटाएको छ ।

विद्यार्थी संख्या बढी देखाएर छात्रवृत्ति, पाठ्यपुस्तक, मसलन्द लगायतका शीर्षकको रकम दुरुपयोग गरेको भन्दै शिक्षा कार्यालयले प्राशि द्धितीय पदमा कार्यरत केसीलाई जागीरबाट हटाएको हो ।

गएको आइतबार गरिएको स्थलगत निरीक्षण तथा अनुगमनकाक्रममा विद्यालयमा १२ जना विद्यार्थी भए पनि ४३ विद्यार्थी अध्ययनरत देखाएको पाइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो ।

२८ वर्षदेखि शिक्षण पेशामा संलग्न केसीले विद्यार्थी संख्या बढाएकोले राजीनामा दिएको भएपनि स्वास्थ्यका कारण राजीनामा दिएको र स्वीकृत गरिएको बनाइएको छ । शिक्षा नियमावली २०५९ (संशोधनसहित)को नियम १३० बमोजिम शिक्षा कार्यालयले केसीको राजीनामा स्वीकृत गरेको जनाएको छ ।

शिक्षा कार्यालयका अनुसार अनुगमनका क्रममा पेलुङ प्राविमा कक्षा १ मा ५ जना, कक्षा २ मा ५ जना र कक्षा ३ मा २ जना मात्र वास्तविक विद्यार्थी अध्ययनरत रहेको पाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर