Aamsanchar

चासोक तङनाम मनाईदैं

Author Image
बिहिवार, मंसिर १६, २०७३

[शान्तिराम बस्नेत]
शिवसताक्षी

IMG_20161201_085855

झापाको शिवसताक्षीमा ऐतिहासिक रुपमै प्रथम पटक भव्य रुपमा चासोक तङनाम (उधौली पर्व) सम्पन्न हुने भएको छ ।
बिहिबार शिवसताक्षी नगरपालिकाका उत्साहित लिम्बू समुदाय र युवाहरुको संगठन याक्थुङ नालीफङ्वा चुम्भो, शिवसताक्षीले एक पत्रकार भेटघाटको आयोजना गरी सो कुराको जानकारी गराएको हो ।
याक्थुङ नालीफुङ्वा चुम्भो, शिवसताक्षीका अध्यक्ष बीरबल जबेगु र सचिव भीम लिवाङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आउँदो मंसीर २८ गते सम्पन्न गरिने उक्त कार्यक्रममा चासोक (न्वागी) पूजा तथा प्रसाद वितरण, केलाङ तथा च्याब्रुङ नाच, येवा लाङ्ग (बिजुवा नाच) तथा माङ्गलाङ्ग (च्याब्रुङ नाच), धान नाच (पालाम) हाक्पारे प्रदर्शनी, पःलुङ्ग (छेलो) र लि–तोङ्ग (धनुकाँड) प्रतियोगिता, लिम्बु गीतहरुमा नृत्य प्रदर्शनीका साथै लिम्बू जातिको भेषभूषाको स्टल समेत व्यापारका निम्ति राखिने सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
त्यसैगरी सो कार्यक्रममा प्रमुख अतिथिमा प्राज्ञ बैरागी काइँला (तिलविक्रम नेम्बाङ्ग), विशेष आकर्षणमा मिस नेपाल २०१४ की विजेता सुविन लिम्बू, मिस लिम्बू २०१४ की विष्णु चेम्जोङ्गका साथै राष्ट्रिय गायक दीपक लिम्बू, तारा लक्सम, प्रेम आङ्गदेम्बे, राज लाबुङ्ग लगायतको प्रस्तुतिका साथै कार्यक्रमलाई विभिन्न तवरबाट सहयोग पु¥याउने व्यक्तिहरु, लिम्बू समुदायका ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरिने बताइएको छ ।
करीब १४ लाख अनुमानित रकम कार्यक्रम व्यवस्थापनका लागि खर्च हुने समेत सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । कार्यक्रम अनुसार आउँदो मंसीर २५ गते शिवसताक्षी क्षेत्र अन्तर्गत पर्ने डुडामारी देखि ब्याङ्गडाँडा चिल्लागढ हुँदैं दोमुखासम्म ¥याली गरिने सचिव भीम लिवाङ्गले बताए ।
याक्थुङ्ग नालीफुङ्वा चुम्भो, शिवसताक्षीका अध्यक्ष बिरबल जबेगुका अनुसार लोप हुँदैं गएको लिम्बू समुदायको संस्कार संस्कृति, भेषभूषा, गीत, संगीत, खानपिन, ज्ञान–विज्ञान र प्रविधिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन नै कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए ।
लिम्वूहरु प्रकृति पूजक भएकोले खेतबारीमा लगाइएको अन्न पाकेर भित्राएपछि ईश्वर अर्थात् तागेरा निङ्वा फु माङलाई चढाएर खाने चलनको विस्तृत रुप नै चासोङ तङनाम भएको सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो अर्थात् लिम्बू भाषामा चासोक को अर्थ उब्जाइएको, फलाएको नयाँ अन्न बालि चढाउने पूजा हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर