Aamsanchar

प्रा डा केसीको स्वास्थ्य गम्भीर

Author Image
बिहिवार, मंसिर १६, २०७३

काठमाडौँ ।

Dr govinda kc continues his fast un to death on the 11th day at teaching hospital premises demanding reform in the education sector in Kathmandu on Wednesday, July 20, 2016 Photo: Keshab Thoker/Nagarik/Republica

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका बेथितिविरुद्ध १९ दिनदेखि आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ ।

यस पटक त्रिविका उपकुलपति डा तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिंहको राजीनामाबारे सरकारसँग कुरा नमिलेपछि अनशन लम्बिँदा उहाँको स्वास्थ्य गम्भीर बन्दै गएको हो । प्रा डा केसीका तर्फबाट वार्ता टोली सदस्य डा लिजन महर्जनले उहाँको अवस्था बिगँ्रदै जाँदा मुटुमा असर पर्ने सम्भावना बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘उहाँलाई बोल्न समस्या भएको, छाती, घाँटी दुख्ने समस्या बढेको, रगतमा डब्लुबिसी र अक्सिजनको मात्रा कम भएकाले अक्सिजन दिइरहेका छौँ । कुनै पनि बेला उहाँको मुटुको चाल तलमाथि हुन सक्छ ।’’

सरकारसँग चार पटकसम्म वार्तामा बस्दा पनि कुनै ठोस निर्णय नआएपछि प्रा डा केसी पक्षले उपकुलपति र डिनको राजीनामापछि मात्र वार्तामा बस्ने अडान लिएको छ । उहाँले भन्नुभयो, ‘‘हामीले सरकारी पक्षलाई ठोस निर्णयपछि मात्र हामीलाई वार्ता बोलाउन भनेका छौँ, अहिलेसम्म कुनै खबर आएको छैन ।’’
सरकारी चिकित्सक सङ्घ नेपाल, नेपाल चिकित्सक सङ्घ, आवासीय चिकित्सक, रेजिडेन्ट चिकित्सकले सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक अन्य सेवा बन्द गरी अनशनको समर्थन गर्दै प्रा डा केसीको जीवन रक्षाको माग गरेका छन् ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर