Aamsanchar

नेपालको पश्चिमी भूभागमा ५.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

Author Image
शुक्रवार, मंसिर १७, २०७३
फोटो फायल (गुगलबाट)

फोटो फायल (गुगलबाट)

काठमाडौँ –

दार्चुला जिल्ला सदरमुकामदेखि १५ किलोमिटर उत्तर पश्चिम भूभागलाई केन्द्रबिन्दु बनाई ५.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। नेपाल भारत सिमामा भएकाले यसको धक्का भारतमा समेत महशुस गरिएको थियो ।
आज राति करिव १०:३७ बजे गएको भूकम्पको धक्का सुदुरपश्चिमका अधिकांश जिल्ला र कर्णाली पश्चिमी जिल्लाहरुमा महशुस गरिएको छ। यो गत बर्ष बैशाख १२ गतेको भूकम्पको पराकंप नभई नयाँ भूकम्प भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
नेपालको पश्चिमी भूभागलाई केन्द्रबिन्दु बनाई २०७३ सालमा मात्र ४ रेक्टर माथिको ८ ओटा भूकम्प गएको छ । जसमध्ये बझांगमा ५ , कालिकोटमा १, बाजुरामा १ र दार्चुलामा १ पटक केन्द्रबिन्दु बनाई भूकम्प गएको छ । स्मरण रहोस गत सोमबार सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाई ५.६ रेक्टरको भूकम्पको पराकम्पन गएको थियो ।

Views: 523

प्रतिक्रिया (०)

सम्बन्धित खबर