Aamsanchar

बेतिथी रोक्न तर्फ ध्यान केन्द्रित गर्छु–खत्री

Author Image
शुक्रवार, मंसिर १७, २०७३

भद्रपुर ।

15328225_934838226653274_1910876261_n

झापाका सरकारी कार्यालयमा हुने गरेका अनियमितता, भष्ट्रचार र बेतिथी तर्फ बढी ध्यानकेन्द्रित गर्न झापाका प्रमुख जिल्ला अधिकारीलाई झापाली सञ्चारीकर्मीले आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट काजमा सरुवा भएर तीनदिन अघि झापा आएका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले पत्रकारसंगको परिचायत्मक कार्यक्रममा झापाली सञ्चारकर्मी उक्त आग्रह गरेका हुन् ।

झापामा भइरहेका अनियमिता, भष्ट्रचार, प्रशासनिक ढिलासुस्ती, अस्तव्यस्त विकास निर्माणका कार्य, चोरीतस्करी जस्ता मुख्य कार्यहरुले प्रोत्साहन पाइरहेकोले नमुना झापा बनाउन यस्ता गतिविधि नियन्त्रण आजको आवश्यकता रहेको सञ्चारकर्मीले औलाएका छन् ।

साथै सरकारी कार्यालयमा सूचना अधिकारी तोकिएपनि झापाली सञ्चारकर्मीले सूचना अधिकारीबाट चाहे जस्तो सूचना समयमा पाउन नसकेको र जनताले पाउने सूचना समेत लुकाउने गरेकोले यसतर्फ पनि ध्यान दिनुहुन प्रजिअ खत्रीलाई सञ्चारकर्मीले अनुृरोध गरेका छन् ।

यता सञ्चारकर्मीको जिज्ञासा मेटाउदै प्रजिअ खत्रीले ‘आफु झापाको दमकमा बसेर पठनपाठन गरेको स्मरण गराउदै, ‘झापाबासीसंग मेरो भावना जोडिएकोले झापाका लागि केही गर्न झापा आएको बताए ।’ सेवा प्रभाव, विकास प्रवद्र्धन र पारर्दिशीता हुनुपर्छ भन्ने विश्वास मैलेको बोकेकोले मबाटै कुनै गल्ती भएमा औलाइदिनुहुन प्रजिअ खत्रीले झापाली सञ्चारकर्मी समक्ष अनुरोध गरेका छन् ।

सरकारी कार्यालयमा भइरहेका बेतिथि हटाउने कार्यको सुरुवात नै जिल्ला प्रशासन कार्यालयबाटै गर्ने र त्यसपछि जिल्लाका सरकारी कार्यालयहरुमा निरन्तरता दिने उनले बताए । र यस बारेमा कार्यालय प्रमुखको मासिक बैठकमा समेत जानकारी गराउने उनले बताए ।

सूचना पाउने हकमा कुनै सरकारी कार्यालयले सूचना उपल्बध नगराए यसबारेमा आफुलाई तत्काल जानकारी गराउन आग्रह गरेका छन् । कानुन बमोजिम सूचना उपलब्ध गराउन आफु सधै प्रयासरत रहने प्रतिवद्धता समेत उनले जाहेर गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर