Aamsanchar

सुरुङ्गामा व्यवसायीका ढक, तराजु नवीकरण र दर्ता

Author Image
शुक्रवार, मंसिर १७, २०७३

सुरुङ्गा ।
कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाले स्थानीय ठाउँमै व्यवसायीलाई सुविधा उपलब्ध गराउन नेपाल गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय विराटनगरसँगको सहकार्यमा ढक, तराजु, काँटाको निरीक्षण, नवीकरण र नयाँ दर्ता गर्ने कार्य सम्पन्न गरेको छ ।
आर्थिक बर्ष २०७३।०७४को गुणस्तर तथा नापतौल कार्यालयको पहिलो कार्यक्रम अन्तर्गत कनकाई उद्योग वाणिज्य संघले बाणिज्य संघको संयोजनमा कार्यालयको टोली सुरुङ्गामै झिकाएर त्यस्तो सेवा प्रदान गरिएको हो । संघको कार्य क्षेत्रभित्र रहेका कनकाई नगरपालिका अन्तर्गत सुरुङ्गा, दुर्गापुर, लक्ष्मीपुर, घैलाडुब्बा, शरणामती टाघनडुब्बा र कुमरखोद बजार क्षेत्रका व्यवसायीले उक्त कार्यबाट सेवा लिएको कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए । अध्यक्ष पोखरेलका अनुसार दुई सय ५० जना व्यवसायी उक्त सेवाबाट लाभान्वित भएका छन् ।
ढक, तराजु, काँटा नवीकरण निरीक्षण र दर्ताका लागि व्यवसायीले विराटनगर पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी सहज रुपमा सेवा उपलब्ध गराउन कनकाई उद्योग वाणिज्य संघले गरेको पहलको सबै व्यवसायीले सह्राहना गरेका छन् । पुण्य सिटौलाको संयोजकत्वमा उक्त कार्य सम्पन्न गरिएको संघका महासचिव सोमनाथ उप्रेतीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर