Aamsanchar

सनराइजको काउन्टर अब बनियानीमा

Author Image
शुक्रवार, मंसिर १७, २०७३

भद्रपुर।

15310172_935003359970094_1540754925_n

झापाको दक्षिणी गाविसका स्थानीय सेवाग्राहीलाई मध्यनजर गर्दै सनराइज बैक लिमिटेडले बनियानीमा बाहै शाखारहित बैकिङ्ग कारोबार सुरु गरेको छ ।
बनियानी गाविस ८ स्थित बनियानी बजार सञ्चालनमा ल्याइएको सनसाइज बैकको काउन्टरको उदघाटन बनियानी बजार समितिका अध्यक्ष देउमान बुढाथोकीले एक कार्यक्रममा बिच गरेका हुन ।

उद्घाटन कार्यक्रममा भद्रपुर शाखाको मातहातमा रहेका बनियानी काउन्टर सञ्चालनका लागि बनियानी प्रतिनिधि सत्यनारायण मण्डललाई भद्रपुर शाखाका प्रमुख संजोग राजभण्डारीले पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।
बैकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैकिङ्ग सेवा पुयाउने उदेश्यले केन्द्रिय कार्यालय सहकार्यमा बनियानीमा कारोबार सुरु गरिएको शाखा कार्यालय भद्रपुरका प्रमुख संजोग राजभण्डारीले बताए । सेवाग्राहीले ऋण तथा कर्जा बाहेक यस काउन्टरबाट एटिएम कार्ड, औठाको छापबाट पोइन्ट अफ सेल मसिनको माध्यमबाट कारोबार गर्न सकिने उनले बताए ।
बनियानी लगायत सो आसपासका गाविस क्षेत्रका सेवाग्राही बैकिङ्ग सेवा लिन भद्रपुर आउनुपर्ने भएकोले सोही स्थानमा काउन्टर सञ्चालनमा ल्याएको उनले बताए । बनियानी काउन्टर सञ्चालनमा आएपछि पहिलो दिन ६० जना बढीले नयाँ खाता खोलेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)