Aamsanchar

युवतीमाथि सामूहिक बलात्कार

Author Image
शुक्रवार, मंसिर १७, २०७३

बर्दिया,

महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको बेला बर्दियामा एक १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

सदरमुकाम गुलरियास्थित कोटही मन्दिर नजिक रहर(अरहर) बारीमा ती युवतीलाई जबर्जस्ती मुख थुनेर तीनजनाले बलात्कार गरेको प्रहरी निरीक्षक चक्रबहादुर डम्बरपालले बताए । घटनामा संलग्न भएको आरोपमा गुलरिया—७ का मनिष गुप्तालाई पक्राउ गरिएको छ ।

शनिबार नेपाली सेनामा भर्ना हुनका लागि शारीरिक व्यायाम र नियमित दौड गर्दै गरेको अवस्थामा बिहान करिब ६ बजे ती युवती सामूहिक बलात्कार भएकी हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर