Aamsanchar

झापाका कृषक रुखको चोप वेचेर आर्थिक रुपमा आत्मनिर्भर बन्दै

Author Image
शुक्रवार, मंसिर १७, २०७३

binod

नेपालमा विभिन्न प्रकारका रुखहरु आम्दामीको श्रोतका रुपमा लिईने गरिन्छ । जस मध्य मझौला आकारको रबरको रुख पनि पर्दछ ।  झापामा अहिले २ सय ८० हेक्टर क्षेत्रफलमा रवर खेती हुने गरेको छ ।  झापाको जामुनवारीसहित तीन वटा सामुदायिक वन  र वुधवारे, शनिअर्जुन, धाइजन, पृथ्वीनगर, घेरावारी, राजगढ, खुदुनावारी, सुरुङ्गामा   रवर खेती हुदै आएको छ।   २०४१ सालमा गोरखामा गोरखकाली रवर उद्योग स्थापना भएसँगै झापामा रवर खेती गर्न सुरुभएको हो।  रवरको बिरुवा लगाएको सातबर्ष पछिबाट उत्पादन (चोप) दिन थाल्छ।  झापामा मासिक १० टन रवर उत्पादन हुने गरेकोछ र यसको बजार मूल्य प्रतिकेजी एक सय ८० रूपैयाँ रहेको छ ।  २५ वर्षसम्म निरन्तर आम्दानी लिन सकिने रवर खेती तर्फ झापाली कृषकहरु आर्कशित बन्दै गएका छन । फोटो : विनोद पाण्डे/आमसंचार

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर