काठमाडौं ।



चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिनुभएको छ ।
२० दिनअघि डिन नियुक्त हुनुभएका सिंहले शुक्रबार त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियालाई राजीनामा पत्र बुझाउनुभएको हो ।

वरिष्ठता मिचेर सिंहलाई डिन नियुक्त गरेको भन्दै शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा गोविन्द केसीले उहाँको बर्खास्तीको माग राख्दै आमरण अनसन सुरु गर्नुभएको थियो । केसीको अनसन अझै जारी छ ।
डिन सिंहले यसअघि अनसन बस्दैमा राजीनामा नदिने अडान लिुँदै आउनुभएको थियो ।
Views: 158


