पाँचथर,
पाँचथर सदरमुकाम फिदिमबाट ताप्लेजुङका लागि छुटेको मे १ ख १८४९ नम्बरको ट्रक शनिबार बिहान दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
भारपा–६ गँुरासेमा ट्रक पल्टिँदा फिदिम–३ का ३० वर्षका चालक मोहन कुमार राईको घटनास्थलमै ज्यान गएको पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो ।
मोडमा ट्रक घुम्न नसक्दा बाटोबाट ट्रक तल खसेको प्रहरीको भनाई छ । राईको शव पोष्टमार्टको लागि पाँचथर अस्पताल ल्याइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 136